राष्ट्रिय

दाउन्नेमा एकतर्फी सडक खुल्यो

- नारायण शर्मानवलपरासी

अबिरल झरीले दाउन्नेमा पहिरो जादा आज बिहान ४ बजे वाट अबरुद्ध रहेको यातायात अहिले केहिबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । सडकमा खसेको पहिरो पन्छाएर एक तर्फी यातायात सञ्चालन भएको हो ।

आज बिहान ४ बजे पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत पुर्वी नवलपरासी सडक खण्डको दाउन्ने स्थित बिश्वकर्मा बाबाको मन्दिर भन्दा डेढ किलो मिटर पश्चिममा पहिरो जादा यातायात अबरुद्ध भएको थियो । 

डिउटिमा खटिएका सई प्रेम श्रेष्ठका अनुसार त्यहाँ पहिरो हटाएर यातायात सञ्चालन भएको हो । पहिरो हटाउने काम जारी छ ।