राष्ट्रिय

भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल घूस सहित पक्राउ

- जे पाण्डेकाठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपालगञ्जको भेरी अस्पतालका कम्प्युटर अपरेटरलाई घूस सहित पक्राउ गरेको छ । 

आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुण राज खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घूस सहित पक्राउ गरेको हो । 

खनालको कार्य कक्षबाट भारु २५ हजार रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ ।

खनालले अस्पतालको लागि औषधि खरिद गर्दा व्यापारीबाट कमिसनबाट सो रकम लिएको पाइएको आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।