राष्ट्रिय

बाँकेमा थप एक कोरोना सक्रमितको मृत्युु

- रूपा गहतराजनेपालगञ्ज

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । अर्घखाँचीको शितगंगाका नगरपालिका–१२, का ४२ वर्षीय उनको उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, ४२ वर्षीय ती पुरुषको मंगलबार बिहान ९ बजेर ३० मिनेट जाँदा अस्पतालमै मृत्यु भएको हो । उनलाई भदौ ५ गते कोरोना संक्रमित भएको पुष्टि भएको थियो । 

निमोनियाको गम्भीर लक्षण देखिएपछि भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था बिग्रंदै गएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

टिपर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई रुपन्देहीको बुटवलस्थित अस्पतालमा भर्ना हुँदा कोरोना पुष्टि भएपछि नेपालगञ्ज पठाइएको थियो । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका तीन जनाको मृत्यु भएको । बाँकेमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्य ८ पुगेको छ ।