धादिङका एक कोरोना संक्रमित पुरुषको मृत्यु
- धादिङकोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धादिङका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणबाट निलकण्ठ नगरपालिका–९ का ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
योसँगै धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यस्तै, धादिङमा शनिबार थप १६ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार थपिएका संक्रमिहरुमा निलकण्ठ नगरपालिकाका १ जना, धुनिबेसी नगरपालिकाका ३ जना, गल्छी गाउँपालिका ५ जना, ज्वालामुखीका १ जना, थाक्रेका ४ जना, खनियाबास गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै धादिङमा जम्मा संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।