राष्ट्रिय

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुष उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो । 

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका उनको शुक्रबार बिहान ८ बजे मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो ।