राष्ट्रिय

पाल्पामा कोरोना संक्रमित थप एकको मृत्यु

- माधव अर्यालपाल्पा

रिब्दीकोट गाउँपालिका–२, देउरालीका ७२ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत कार्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुष होम आइसोलेसनमा ज्यान गुमाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

निमोनिया र उच्च रक्तचापको समेत समस्या रहेको रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यो संगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ३ सय ४४ पुगेको छ । संक्रमित मध्ये १ हजार ९४ जनाले कोरोना जितेर निको भएर घर फर्किएका छन् । समुदायमा ३ सय बढी र ६७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।