राष्ट्रिय

पोखरामा कोरोना संक्रमित वृद्धको मृत्यु

- दीपक परियारपोखरा

पोखरा महानगरपालिका १० का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

गत सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई निमोनिया देखिएको थियो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।