राष्ट्रिय

मधेसी सहिद प्रतिष्ठान बनाउने घोषणा

- श्यामसुन्दर शशीजनकपुर

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले मधेसी सहिद प्रतिष्ठान बनाउने घोषणा गर्नु भएको छ । 

 प्रदेश सरकारले वलिदानी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा मधेस आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुका आश्रित परिवारको भरण–पोषण, शिक्षा–दीक्ष, सम्मान आदिको व्यवस्थापन गर्न प्रतिष्ठान बनाउने घोषणा गर्नुभएको हो । 

२०६४ साल माघ ५ गते लहानमा ज्यान गुमाएका रमेश महतोको स्मरणमा प्रदेश २ सरकार प्रत्येक वर्ष माघ ५ गते वलिदानी दिवस मनाउँदै आएको छ । सो अवसरमा मधेस आन्दोलनमा ज्यान गुमाउने ६० सहिद परिवारलाई जनही २५ हजार नगद, दोसल्ला तथा फूल माला लगाई सम्मान गरिएको थियो ।