राष्ट्रिय

पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

- केएफएम डेस्ककाठमाडौं

गत बुधबारदेखि आजसम्म १५ हजार ६ सय ८३ पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ सय ८६ परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । सोही अवधिमा ५ सय ७३ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ९४ रहेको छ । पछिल्लो २४ घण्टामादेशभरका प्रयोगशालाबाट ३ हजार ३ सय २५ नमूना परिक्षण भएका छन् । योसंगै हालसम्म जम्मा २१ लाख ३९ हजार ६ सय ३४ पिसिआर परीक्षण भएको छ । बुधबारदेखि आजसम्म जम्मा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या २ सय ६१ पुगेको मन्त्तालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा ११ र काठमाण्डौंमा ३६ गरी ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्इा मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक सय २१ जना कोभिड १९ संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसंगै हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको छ । नेपालमा कोभिड १९ संक्रमण बाट मुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ ।