राष्ट्रिय

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन चैत १८ गते बोलाउने निर्णय

- अमृता अनमोलबुटवल

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन चैत १८ गते बोलाउने निर्णय गरेको छ । प्रदेशको अस्थायी मुकाम बुटवलमा आज बसेको बैठकले चैत १८ मा प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताउनुभयो । 

यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी तोकिएपछि प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य भएको थियो । प्रदेश सभाको हिउँदे अधिवेशन स्थायी राजधानी तोकिएको दाङको राप्ती प्राविधिक शिक्षालयमा गर्ने गृहकार्य गरेपनि सो शिक्षालयको जग्गा प्रदेशलाई प्राप्त नहुँदा बैठक बुटवलमै बस्न लागेको हो ।