राष्ट्रिय

पत्रकार महासंघ रेडियो कान्तिपुर प्रतिष्ठान शाखाको अध्यक्षमा खड्का

- केएफएम डेस्ककाठमाडौं

नेपाल पत्रकार महासंघ रेडियो कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार बासु खड्काको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । बुधबार सम्पन्न निर्वाचनले पत्रकार खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, सचिवमा सुरज राजथला, कोषाध्यक्षमा बिनु बस्नेत चुनिएका छन् । त्यसैगरी सदस्यमा प्रेम सागर भट्टराई, नवराज भण्डारी र रवि श्रेष्ठ चुनिएका छन् । रेडियोले राष्ट्रिय परिषदमा परमानन्द खनाल, प्रदेश परिषदमा प्रतीक्षा खनाल र अनिल परियारलाई चुनेको छ ।

यसैबीच, कान्तिपुर प्रतिष्ठान शाखाले द काठमाडौं पोष्टका पत्रकार अनिल गिरिको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बुद्धिसागर मरासिनी, महिला उपाध्यक्षमा फातिमा बानु र सचिवमा सुरज कुँवर चुनिएका छन् । त्यसैगरी सहसचिवमा कृष्णशरण पौडेल, समावेशी सहसचिवतर्फ चन्दनकुमार मण्डल र कोषाध्यक्षमा यज्ञ बञ्जाडे चुनिएका छन् । 

त्यस्तै कार्यसमिति सदस्यमा किशोर बस्नेत, प्रकृति दाहाल, कृष्णा प्रसाईं, नुमा थाम्सुहाङ, बुनु थारु, सुजाता मुखिया, रामकृष्ण श्रेष्ठ, उपेन्द्र पाण्डे, गोविन्द अर्याल, सिमा तामाङ र क्रान्ति पाण्डे चुनिएका छन् । 

शाखाले महासंघको सर्वोच्च निकायका रुपमा रहेको राष्ट्रिय परिषद्मा राजेन्द्र बस्नेत, जितेन्द्र साह र अंश्रिका देवानलाई सदस्य चयन गरेका छन् । प्रदेश परिषद् सदस्यमा दिनेश यादव, दिनेश रेग्मी, विनोद घिमिरे, लक्ष्मी भण्डारी, नुमाकान्त पौडेल, पुष्कर पन्थी, विशेश्वर श्रेष्ठ र सुशिला तामाङ चुनिएका छन् । 

थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्सको मतदान केन्द्रमा भएको निर्वाचनमा प्रदेश र केन्द्रका लागि कान्तिपुर प्रतिष्ठान शाखाका १ सय १३ र रेडियो कान्तिपुर शाखाका २६ गरी १ सय ३९ जना मतदाता थिए । दुबै शाखाका १ सय २६ जनाले मतदान गरेका थिए । दुबै शाखाले निर्विरोध कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ ।