राष्ट्रिय

कोशी कोभिड अस्पतालमा एक संक्रमितको मृत्यु

- देवनारायण साहमोरङ

कोरोना भाइरसको संक्रमणबाट विरानटरस्थित कोशी अस्पतालमा झापामा एक संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट दमक नगरपालिका–९ का ९२ वर्षीय वृद्धको उपचारको क्रममा गएराति मृत्यु भएको हो । 

संक्रमण पुष्टि भएपछि चैत २५ गते उनी अस्पताल भर्ना भएका थिए । उनी मधुमेहका दीर्घ रोगी हुन् । उनको परिवारमा अन्य चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु होम आइसोलेशनमा बसेका छन् ।