राष्ट्रिय

लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आउँदो जेठ १९ मा

- अमृता अनमोलरुपन्देही

लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आउँदो जेठ १९ गते बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । यसअघि बैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध परेको अविस्वासको प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन आब्हान भएको थियो । 

त्यसदिन नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बैठक नबसी अधिवेशन अन्त्य भएको थियो । त्यसपछि विपक्षी गठबन्धनले विशेष बैठक आव्हान गर्न आग्रह गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले मान्नु भएको थिएन । यस्तै मन्त्रीपरिषद बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।