राष्ट्रिय

खराब मौषमका कारण हेलिकप्टर आउन नसक्दा कोरोना संक्रमितको मृत्यु

- जनकबहादुर शाही

खराब मौषमका कारण समयमा हेलिकप्टर आउन नसक्दा एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ । हुम्ला जिल्ला चन्खेली गाउँ पालिका वडा नम्बर ३ मेखला निवासी बर्ष ५२ का हइत रोकायाको मंगलबार थप उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै ज्यान गएको छ । 

कोभिड १९ पोजेटिभ भै बिगत ३ दिन देखि इलाका स्वास्थ कार्यलय मिमिमा उपचार गराई रहेका रोकायाको एकासी अक्सिजन लेभल ६० मा झरि स्वास फेर्न गाह्रो भै तत्काल उद्दारको लागि जिल्ला स्वास्थ कार्यलय हुम्लाको पहलमा हेलिकप्टरको बन्दोबस्त गरिएको भएपनि तीन दिन देखिको लगातार बर्षाका कारण काठमाडौंबाट हेलिकप्टर उड्न नसक्दा मंगलबार ४ बजे रोकायाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।

कोरोना संक्रमणको कारण हिमाली जिल्ला हुम्लामा रोकायासहित २ जनाको मृत्यु भएको छ । यस अघि कोरोना संक्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५५ वर्षका टोप्ले कामीको थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । हुम्लाका स्थानीय तहहरुमा अक्सिजन अभाब हुदा स्वास्थ्य चौकीमा अक्सीजन दिने अवस्था नभएका कारण २ जनाको ज्यान गएको छ । यदि मौषम खराब नभएर समयमै हेलिकप्टर आउन सकेको भए रोकायालाई बचाउन सकिने प्रमुख सिंहले बताउनुभयो ।