राष्ट्रिय

कन्यामको विषादी घर शिल

- विप्लव भट्टराईकाठमाडौं

मानव स्वास्थ्यमा हानिकारिक मानिएको विषादीको प्रयोग बढेपछि इलामको कन्याम चिया कमानको विषादी घर आज शिल गरिएको छ । मापदण्ड बिपरित विषादी प्रयोग भएको भन्दै राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड र सूर्योदय नगरपालिकाले विषादी घर शिल गरेको हो । वगान अनुगमन गर्दा कडा प्रकारको विषादी प्रयोग गरेको पाईएपछि चिया अनिश्चिकालका विषादी घर लागि शिल गरिएको हो । क्लोरो फाईनफस, साइपर मेथीन लगायतका विषादी मात्रा नमिलाई मापदण्ड बिपरित प्रयोग गरेको पाईएपछि सिल गरिएको बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

कमानले चियामा विषादी प्रयोग गर्दा बोर्डबाट अनुमति लिएर मात्र प्रयोग गर्न पाउछ । टि वोर्ड, नगरपालिका, सुरक्षाकर्मीलगायतको टोलीले विषादी घर शिल शिल गरेको र तीन दिन भित्र वगान व्यवस्थापन पक्षलाई सूर्योदय नगरपालिकामा छलफलमा आउन भनिएको नगरपालिकाले जनाएको छ । नेपाल चिया बिकास निगम अन्र्तगत रहेको कन्यामसहित इलाम र झापाका ७ वटा चिया वगान र कारखाना ५० बर्षका लागि त्रिवेणी संघाई ग्रुपलाई २०५७ सालमा लिजमा दिइएको हो ।