राष्ट्रिय

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १३ कोरोना संक्रमित थपिए

काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १३ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ४ हजार ९ सय ७२ पीसीआर परीक्षणबाट ४ सय ३८ जना र १ हजार ९ सय ५९ एन्टिजेन परीक्षणबाट ७५ जना गरि ५ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप ८ सय १७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ८६ हजार ६ सय ३० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ५९ रहेको छ ।