राष्ट्रिय

लावा लस्करसाथ निस्क्यो रामजानकी डोला

- श्यामसुन्दर शशी

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवको प्रमुख आयोजना शोभायात्रामा एकलाख भन्दा अधिक श्रद्धालु सहभागी छन् । राम र जानकी मन्दिरमा शोभायात्रा निकाल्ने तयारी भई रहँदा हेलिकप्टरबाट पुष्प वर्षा गरेर हर्ष बढाईं गरिएको थियो । अपरान्ह २ बजे जानकी मन्दिरबाट जानकीको तथा राम मन्दिरबाट रामको डोला निस्केको थियो । वाजा,गाजा,लावा,लस्करसाथ निस्केको झांकीसहितको शोभायात्रामा श्रद्धालुको अत्यधिक भिड थियो । 

भिड नियन्त्रण गर्न सयौंको संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भन्ने नेपाली सेनाको संगीत टोलीले मंगलध्वनी बजाउँदै यात्रामा सहभागी भएको थियो । पाँच दिनअघि नगर दर्शनसंगै सुरु भएको राम जानकी विवाह महोत्सवको दोश्रो दिन फुलवारी लीला,तेश्रो दिन धनुषयज्ञ,चौथो दिन तिलकोत्सव, चौथो दिन मंगलवार मटकोर र पाँचौदिन बुधवार विवाह उत्सव मनाईने छ । विहीवार जन्तीहरुलाई रामकलेवा अर्थात् विवाह भोज खुवाएर विदा गरिने छ ।