करार शिक्षक स्थायी गर्ने त्रिविको निर्णय खारेज गर्न सात विद्यार्थी संगठनको माग
काठमाडौंविभिन्न सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । ती संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने ती प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भन्दै निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् ।
उनीहरुले निर्णय खारेज नभए प्रतिरोधमा उत्रने चेतावनी समेत दिएका छन् । यस्तै सीटीईभीटीले चिकित्सा शिक्षा ऐनविपरीत गर्न खोजेको भर्ना सम्बन्धमा पनि ध्यानाकर्षण भएको भन्दै रोकिएको पिसिएल नर्सिङको भर्ना तत्काल खुलाउन माग उनीहरुले माग गरेका छन् ।
यस्तै पूर्वाञ्चल विश्वविद्यालयले विगत डेढ वर्षअघि लिएको परीक्षाको नतिजा हालसम्म पनि प्रकाशन नगरेकाले विश्वविद्यालयको क्यालेन्डर बनाई कडाईका साथ कार्यान्वयन गर्न पनि उनीहरुले माग गरेका छन्