राष्ट्रिय

पासपोर्ट र भिषा बिना नै विमानमा यात्रु पुगेको घटना अनुसन्धानका लागि ९ सदस्यीय छानबिन समिति गठन

काठमाडौं

गृहमन्त्रालयले सुरक्षा एवं पासपोर्ट र भिषा बिना नै विमानमा यात्रु पुगेको घटना अनुसन्धानका लागि ९ सदस्यीय छानबिन समिति गठन गरेको छ । अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

 गत फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेका थिए ।

 मन्त्रालयले विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सम्बन्धमा ७ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिएको प्रवक्ता पोखरेलले बताउनु्भयो ।