राष्ट्रिय

विमा बोर्ड र वीपी प्रतिष्ठान विवाद: प्रतिष्ठानले विमा कार्यक्रम जारी राख्ने

- प्रदिप मेयाङबो

विमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेपनि सर्वसाधारणको अनुरोधका कारण भोलिदेखि विमित विरामीको उपचार सेवा प्रवाहलाई निरन्तरता दिने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । विमित विरामीको उपचार सेवा गरेवापत पाउनु पर्ने रकम करिव २६ करोड रुपैयाँ नपाएपछि प्रतिष्ठान र स्वास्थ्य विमा बोर्ड बीच विवाद बढेको थियो ।

पटक पटक ताकेता गरेपनि रकम नपाएपछि प्रतिष्ठानले चैत १५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रम स्थगित गर्ने चेतावनी दिएको थियो । तर प्रदेश १ र मधेश प्रदेश, भारतीय सिमावर्ती क्षेत्रका जटिल विरामीको उपचार गर्ने पुर्वकै एकमात्र रिफरल सेन्टर भएकाले तत्कालका लागि थप एक महिनासम्म विमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको उपकुलपति डा ज्ञानेन्द्र गिरीले बताउनुभयो ।