राष्ट्रिय

लिखित सम्झौतापछि मेयर उम्मेदवार साहको धर्ना स्थगित

- श्यामसुन्दर शशी

निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा आफ्नो चुनाव चिन्ह नभएको भन्दै जनकपुरधाम उप–महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले धर्ना स्थगित गर्नु भएको छ । मुख्य निर्वाचन कार्यालयले आजै साँझसम्म आयोगको आधिकारिक वेवसाइटमा छुटेका चुनाव चिन्ह सहितको नमुना मतपत्र अपलोड हुने लिखित प्रतिवद्धता जनाएपछि धर्ना स्थगित गरी साह चुनाव प्रचारमा जुट्नु भएको छ । 

नेपाली कांग्रेसका निवर्तमान नगर सभापति समेत रहेका मनोज साहलाई पार्टीले आधिकारिक उम्मेदवार नबनाएपछि स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिनु भएको थियो । निर्वाचन कार्यालयले उहाँलाई घन्टाघर चुनाव चिन्ह प्रदान गरेको थियो तर यो चिन्ह आयोगको आधिकारिक वेबसाइटमा छैन ।