रुकुमपश्चिममा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप, १० जना घाइते
- रुकुमपश्चिमरुकुमपश्चिमको चौरजहारी र आठबीसकोटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्दका कार्यकर्ताबीच भएको झडपमा १० जना घाइते भएका छन् । आठबीसकोट नगरपालिका– ३ मा भएको झडपमा परी २ प्रहरीसहित ७ जना घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
घाइते हुनेमा माओवादीका वडाध्यक्षका उम्मेदवार केशरमान विकसहित तुलबहादुर विक, सन्तोष विक छन् । नेपाली कांग्रेसका डिल्लीराज बोहरा तथा सीता बोहरा घाइते भएका छन् । घाइते प्रहरीको नाम खुलाइएको छैन ।
त्यस्तै चौरजहारी नगरपालिका–१ मा भएको झडपमा परी ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा कांग्रेसका वडा सभापति यज्ञश विष्ट, तरुण दलका त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता घाइते छन् । टाउकोमा चोट लागेको सभापति विष्ट र विकलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।