राष्ट्रिय

वैज्ञानिक कर प्रणाली लागु गर्ने प्रस्तावमा हस्ताक्षर

- प्रदिप मेयाङबो

स्वतन्त्र उम्मेदवारी दिएर दलीय उम्मेदवारलाई पराजित गर्दै धरान उपमहानगनगरपालिका प्रमुख भएका हर्कराज साम्पाङ राईले आज औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको छ । आफ्ना शुभेच्छुक तथा समर्थकहरुसहित धरान उपमहानगरपालिकाको कार्यालय पुगेका साम्पाङले पदभार ग्रहण गरेपछि उहाँले धरानमा व्याप्त खानेपानी समस्याको कारण पत्ता लगाएर समाधान खोज्ने बताउनुभयो ।

उहांले पहिलो पटक धरानमा वैज्ञानिक कर प्रणाली लागु गर्नेगरी एक अध्ययन कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको छ । कार्यदलले अध्ययन गरेर सुझाव पेश गर्ने छ । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्र बिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख छन् । धरानमा कर बढाइएको भनेर जनगुनासो सुनिदै आएको छ । सो कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने प्रमुख साम्पाङ्ले बताउनुभयो ।