राष्ट्रिय

यातायात व्यवस्था कार्यालयका कर्मचारीसहित १७ जना विरुद्ध आरोपपत्र दायर

- केएफएम डेस्क

नक्कली सवारी चालक अनुमति पत्र दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका कर्मचारीसहित १७ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । आयोगका अनुसार ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर विजय राज गिरी, कमल स्याङतान र सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल लगायत कर्मचारी र ५ जना बिचौलियाविरुद्ध मुद्धा दायर गरिएको हो ।

त्यस्तै, सवारी चालक अनुमति–पत्रको नवीकरण गर्ने क्रममा गलत नियतले मातहतका कर्मचारीहरुलाई अख्तियारी प्रदान गरेको देखिएपछि तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्माविरुद्ध समेत आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ । स्वत रद्द भएका ५ सय ३३ जना सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानुनी रुपमा नविकरण गरेको उनीहरुमाथि आरोप छ ।