राष्ट्रिय

अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । 

 मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज कैलाशराज पोखरेललाई अष्ट्रेलियाका लागि र शान्ता रिजाललाई इजरायलका लागि राजदूत नियुक्त गर्नुभएको हो ।