राष्ट्रिय

आठौँ संविधान दिवस आजदेखि मनाइँदै

काठमाडौं

आठौँ संविधान दिवस आजदेखि तीनदिनसम्म मनाइँदैछ । नेपालको संविधान–२०७२ जारी भएको ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । 

२०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रुपमा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न विशेष कार्यक्रम सहित दिवस मनाइँदैछ ।