गाउँ जाँदा सामाजिक सञ्जालमा नलेख्नू : नेपाल प्रहरी
- काठमाडौंकाठमाण्डौ उपत्यका प्रहरीले आजदेखि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौँका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।
प्रहरीले घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगाना र फोटोसहितको विवरण राख्न तथा शंकास्पद व्यक्तिको गतिविधि देखिए प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेको छ ।
यस्तै, घरको गेट, ढोकाको चुकल, राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराउन, नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ । यसअघि मुलुकभर लागू हुने गरि गत बुधबार नै नेपाल प्रहरीले सुरक्षा योजना लागू गरेको थियो ।