राष्ट्रिय

चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

चितवन

चितवनमा जंगली जनावर बादेलको अक्रमणबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति भरतपुर महानगरपालिका—१२ नौरङ्गेका ४० वर्षीय दिपक विश्वकर्मा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

मर्निङ वाक गर्दै गरेका दिपकलाई गत शुक्रबार बिहान ६ बजे तिर एक्कासी बरण्डाभार जंगलबाट निस्केको बँदेलले आक्रमण गरेको थियो । उनको पेटमा गहिरो चोट लागेको थियो भने शरिरका धेरै ठाउामा घाउहरू भएको डिएसपी पण्डितले बताउनुभयो । घाइते दिपकलाई उपचारका लागि भरतपुरको सरकारी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा दिपकको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।