राष्ट्रिय

मतदान कर्मचारीको मृत्यु

- विनोद घिमिरेधनकुटा

धनकुटामा मतदानका लागि खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको मृत्यु भएको धनकुटाका प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुुभयो ।

 उच्च रक्तचाप पीडित रहेकी लिम्बुको मतदान केन्द्रमा सर्वदलिय बैठक चलिरहेका बेला अचानक बिरामी परेपछि उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।