राष्ट्रिय

ब्राउन सुगरसहित बर्दियाबाट २ जना पक्राउ

- केएफएम डेस्कबर्दिया

लागूऔषध ब्राउन सुगरसहित बर्दिया प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका—७ कर्णालीपुरस्थित लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

सीमावर्ती भारतबाट लुकाइछिपाइ ल्याएको ३ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित मधुवन नगरपालिका—८ का गणेश चौधरी र कृष्ण थारुलाई जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हिक्मत बहादुर बोहोराले बताउनुभयो ।