राष्ट्रिय

चितवन निकुञ्जमा ६ महिनामा सात गैंडा मरे

- रमेश कुमार पौडेलचितवन

चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ६ महिनामा सातवटा गैंडाको मृत्यु भएको छ । निकुञ्जको गस्ती टोलीले हिजो निकुञ्जको पश्चिम क्षेत्रमा एउटा पोथी गैंडा मृत भेटिएको थियो । चितवन निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सात गैंडाको मृत्यु भएको हो । 

निकुञ्जको नियमित संयुक्त गस्ती टोलीले अमलटारी क्षेत्र अन्तर्गत कुजौली रेन्जपोष्ट नजिकको नारायणी नदीको भंगालोको किनारमा गैंडा मृत फेला पारेको थियो । गैंडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्ज प्रशासनले जनाएको छ ।