राष्ट्रिय

चितवनमा मोटरसाइकल र मिनी ट्रक ठोक्किदा एकको मृत्यु

- रमेश कुमार पौडेलचितवन

चितवनमा मोटरसाइकल र मिनी ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१० का २२ वर्षीय अमित महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

रत्ननगर–१२ को जमुनापुरमा ना ४२ प ४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा रहेको ना ४ ख ५३०१ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल पछाडि सवार रत्ननगर–१० का २७ वर्षीय विश्वास महतो गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजको भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ ।