राष्ट्रिय

महेन्द्रराजमार्गको भेंडाबारीमा कालोपत्रे परिक्षण शुरु

- रेडियो कान्तिपुर

निर्माणाधिन बुटवल नारायणगढ सडक खण्डको भेंडाबारीमा १ सय २० मिटर कालोपत्रे गरिएको छ । राजमार्ग ठेक्का लिएको ४२ महिनापछि चिनियाँ ठेकेदार कम्पनीले पहिलो पटक राजमार्गमा कालोपत्रेको शुरुवात गरेको हो । नारायणगढदेखि ११ किलोमिटर पश्चिम भेंडाबारीमा आज पहिलो पटक कालोपत्रेको शुरुवात भएको हो । आज करिब १ सय २० मिटर अलकत्र हालेर पहिलो चरणको कालोपत्रे गरिएको इन्जिनियर राकेश झाले बताउनुभयो । 

कालोपत्रे गरिएको सडक १० मिटर भन्दा बढि फराकिलो छ । राजमार्गको मेन ट्रयाक अन्तरगत पहिलो पटक परिक्षणका रुपमा कालोपत्रे शुरु भएको हो । सो क्षेत्रमा २ साता भित्र एक किलोमिटर पिच गरिने बताइएको छ । धमाधम पिच गर्ने लक्ष्य रहेपनि सरकारले जिल्लाका क्रसर उद्योग बन्द गरेका कारण मसिनो गिटटीको अभावमा काम रोकिने झाले बताउनुभयो । क्रसर उद्योगवाट सामान आउन सके आगामी असार अगावै कम्तीमा १० किलोमिटर पक्कि सडक फाइनल गरिने लक्ष्य रहेको छ ।