राष्ट्रिय

हिलिहाङको प्रशासकीय भवन निमार्णमा कर्ते कागजात पेस गरेर बोलपत्र दर्ता

- केएफएम डेस्ककाठमाडौं

पाँचथरको हिलिहाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि बोलपत्र दर्ता गर्दा किर्ते कागजात पेस गरिएको खुलासा भएको छ ।

बोलपत्रमा तोके अनुसार योग्यता नपुगेपछि फोटोसपको मद्दतले सम्पादन गरेको कागजात पेस गरेर झुक्याएकाले एस.ए.एस कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता रद्द गरिएको गाँउपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि २०७८ को कात्तिक १५ मा बोलपत्र आहृवान गरेको थियो । ठेकेदार कम्पनीले काठ, इँटाको काम गरेको अनुभव प्रमाणपत्र किर्ते भएको महालेखा परीक्षकले पत्ता लगाएका थिए ।

कम्पनीले पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमबाट लिएको प्रमाणपत्र किर्ते रहेकाले सार्वजनिक खरिद ऐन अनुसार कारबाही गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।