राष्ट्रिय

स्याङजामा श्रृङ्खलाबद्ध चोरी

- लालप्रसाद शर्माकास्की

 स्याङजाको आँधीखोला गाउँपालिका–१ सिरुबारी सहित विभिन्न गाउँमा गएराति चोरी भएको छ ।

वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही व्यक्तिगत घरमा चोरी भएको हो ।

वडाका माझकटेरी राजस्वाँरा, पञ्चमुल, सिरुबारी र धारु गाउँमा चोरी भएको वडाध्यक्ष पवनकाजी अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार वडा १ को कार्यालयमा फोरेर करीब २ लाख रुपैयाँ चोरी भएको छ ।

वडा कार्यालयसँगै रहेको एनआइसी एशियाको शाखारहित बैंकिङ सेवाबाट पनि केही रकम चोरी भएको छ । ग्रामीण पर्यटकीय गाउँमा रहेको ऐतिहासिक गुम्बा पनि तोडफोड गरी दानपेटीका लगायत सामान चोरी भएको अनुमान गरिएको छ ।

पञ्चमुल दिगो कृषि सहकारी संस्था, बगाले डिपार्टमेन्टल स्टोर्स, विभिन्न ७ वटा पसल र २ घरमा पनि लुटपाट भएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।