राष्ट्रिय

हिरा र सुनका गहना सहित तीन भारतीय पक्राउ

- रमेश कुमार पौडेल

हिरा, सुनका गहना र विभिन्न किसिमका पत्थरहरूसहित चितवन प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरू चढेर आएको भारतीय नम्बर प्लेटको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले आज पत्रकार सम्मेलन गर्दै बरामद भएका गहना, कार र नियन्त्रणमा लिएका व्यक्तिहरू सार्वजनिक गरेको हाम्रा सहकर्मीले जनाएका छन् । 

सुन जस्तो देखिने विभिन्न प्रकारका ११ थान गहना, हिरा जस्तो देखिने सात थान गहना र ३६ थान विभिन्न खाले पत्थरहरूसहित गएराति उनीहरूलाई महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । भारतीय कारबाट अबैध ढंगले गर गहना ओसार पसार हुन लागेको भन्ने सूचनाका आधारमा जाँच गर्दा ती सामाग्रीहरू फेला परेको प्रहरीले जनाएको छ ।

 पक्राउ पर्नेमा कारका चालक भारतीय नागरिक ४२ वर्षीय विनोद प्रसाद, ४२ वर्षीय नरेश बर्मा र ५१ वर्षीय गणपतकुमार तोसावर रहेका छन् । बरामद गहना बारा पथलैयामा रहेको राजश्व अनुशन्धान कार्यालयको जिम्मा लगाउने चितवन प्रहरीले जनाएको छ । थप अनुशन्धान र कारवाही प्रकृया सोही कार्यालयले अगाडि बढाउने डिएसपी पण्डितले जानकारी दिनुभयो ।