राष्ट्रिय

रवि लामिछाने भारी मतसहित विजयी

- रमेश कुमार पौडेलचितवन

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सभापति लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो । 

दोस्रो स्थानमा आएका नेपाली कंग्रेसका जितनारायण श्रेष्ठ भन्दा लामिछानेले ४२ हजार ९ सय ६२ मत बढी ल्याउनुभयो । 

गत मंसिरको निर्वाचनको तुलनामा लामिछानेको पक्षमा ४ हजार ३ सय १२ बढी मत खसेको हो । 

नेपाली कंग्रेसका श्रेष्ठको पक्षमा ११ हजार २ सय १४ र एमालेका रामप्रसाद न्यौपानेको पक्षमा १० हजार ९ सय ३६ मत परेको छ । खसेको मध्ये ६९ प्रतिशत मत लामिछानेको पक्षमा आएको छ ।