राष्ट्रिय

पर्सामा १ हजार ७५ निवेदन दर्ता

- शंकर आचार्य

पर्सा जिल्ला प्रशासन कार्यालयमा आजसम्म मिटरब्याजी विरुद्ध १ हजार ७५ निवेदन दर्ता भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार मिटरब्याजी विरुद्धको निवेदन अनलाइनबाट दर्ता भइरहेको छ । बैशाख १७ देखि निवेदन दर्ता गर्न थालिएकोमा म्याद थप गरेर जेठ १४ सम्म निर्धारण गरिएको छ ।

 जिल्लाभरिका १४ वटै पालिकाबाट मिटरब्याजी विरुद्ध निवेदन दर्ता भएका छन् । विशेष गरी लेनदेन र जग्गा जमिन सम्बन्धी मिटरब्याज पीडितको निवेदन दर्ता भएको छ । सबै निवेदन संकलन गरी मिटरब्याजको समस्या समाधान गर्न गठित आयोगमा पठाइने प्रशासन कार्यालयले जनाएको छ । 

वित्तीय संस्था तथा सहकारी विरुद्धको निवेदनलाई भने तत्काल समावेश गरिएको छैन । गत वर्ष पनि जिल्लामा ७ दर्जन भन्दा बढी उजुरी दर्ता भएको थियो ।