बजेट रकमान्तर र अनुदान छानविन गर्न सांसदको माग
-मधेश प्रदेश सभा बैठकमा प्रदेश सांसदहरुले मन्त्रीले व्यक्तिगत स्वार्थ पुरा गर्न बजे रकमान्तर र योजना बाड्न बिचौलिया प्रयोग गरेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रदेश सभाको विषेश समयमा बोल्दै प्रदेश सांसदहरुले स्थानीय तहमा ससर्त अनुदान बितरण गर्दा विचौलीया मार्फत कमिशन लिएको आरोप लगाउदै छाननिको माग गरेका छन् । सरकारले आर्थिक वर्षको एक महिना बाँकी रहँदा बजेट रकमान्तर गरेर बिगत जस्तै अनियमितता गर्न खोजिएको आरोप लगाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद उपेन्द्र महतोले ससर्त अनुदान अभिभावको महसुस गराउनको ल्याएपनि मधेश प्रदेश सरकारले विचौलीया फस्टाउने माध्यम बनेको आरोप लगाउँनुभयो ।
स्थानीय तहलाई वितरण गरिएको ससर्त अनुदानमा सरकारका मन्त्रीले गम्भिर त्रुटी गरेकाले छानविनका लागि तत्काल समिति बनाउन उहाँले माग गर्नुभयो । जनमत पार्टीका प्रदेश सांसद चन्दान सिंहले गत वर्ष अन्तिम समयमा रकमान्तरण गरेर भएको विकास निर्माणको भुक्तानि नहुँदा छानविन समिति गठन भएपनि हालसम्म भुक्तानि नभएको र चालु आर्थिक वर्षको अन्तिम समयमा फेरि बजेट रकमान्तरण गर्नु गलत संस्कारको विकास भएको आरोप लगाउनुभयो ।
आर्थिक वर्षको अन्तिम समयमा बजेट रकमान्तरण प्रक्रिया तत्काल रोक्नु पर्ने सांसद सिंहले माग गर्नुभयो । नेकपा एमालेका प्रदेश सांसद जयचन्द्र प्रासद पटेलले पनि प्रदेश सरकारले कमिशनको अधारमा बजेट वितरण भइरहेको आरोप लागेकोले सरकार गम्भिर बन्नु पर्ने उल्लेख गर्नुभयो । प्रदेश सांसद शम्भु प्रासद साहले सरकारले स्थानी तहमा पठाएको ससर्त अनुदानको विवरण सार्वजनिक गर्न माग गरेपनि सरकार गम्भिर नभएको आरोप लगाउँउनुभयो ।