राष्ट्रिय

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक फरार

- राजकुमार कार्कीसिन्धुली

सिन्धुलीको कमलामाइ नगरपालिका २ बोहोरेमा ट्याक्टर दुर्घटनामा परि सहचालकको मृत्यु भएको छ ।

बोहोरेबाट सिन्धुलीगढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नं को ट्याक्टर दुर्घटनामा परि कमलामाइ नगरपालिका २ का १५ वर्षीय सहचालक लक्ष्मण विकको मृत्यु भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।

ट्याक्टरको ट्रली र इन्जिनको बीच भाग भाँचिदा इन्जिनले किचेर सहचालक विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक १८ वर्षीय मानबहादुर विक फरार छन् ।