राष्ट्रिय

तापक्रम ४२ डिग्री, मध्यबिन्दु नगरपालिकाले २ दिन बिदा थप्यो

- रेडियो कान्तिपुरपूर्वी नवलपरासी

अत्यधिक गर्मीले जनजीवन अस्तब्यस्त भएको भन्दै मध्यबिन्दु नगरपालिकाले विद्यालयहरुलाई दुई दिन बिदा थपेको छ । प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले आज एक सूचना निकालेर अत्यधिक गर्मीका कारण पालिका भित्रका सबै विद्यालय आउँदो बिहिवार र शुक्रवार बिदा दिइएको जनाउ दिएका छन् ।

मध्यबिन्दु नगरपालिकाले यस अघि आज सम्म ४ दिन लगातार बिदा दिएको थियो । यहाँको मौसम ४२ डिग्री रहेकाले पठन पाठनमा बाधा पुगेका कारण बिदा दिन परेको सूचनामा उल्लेख छ । यहाका कावासोती, विनयी त्रिवेणी, देवचुली र गैंडाकोट नगरपालिकाले यस अघि नै सूचना जारी गरेर आउँदो शुक्रवार सम्म बिदा दिइसकेका छन् ।