राष्ट्रिय

संखुवासभा बाढी : बेपत्ता हुनेको संख्या २१ पुग्यो

- दिपेन्द्र शाक्यसंखुवासभा

संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन वडा नम्वर–९ का सन्तोष राईको मृत्यु भएको छ ।

 बाढीले चैनपुर–४ मा निर्माणाधिन सुपर हेंवा हाइड्रोपावरका १८ जना सम्पर्क बाहिर छन् । डिएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् ।