भीमदत्तले ल्यायो १ अर्व ८१ करोडको वजेट
-कञ्चनपुरको भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्व ८१ करोडको वजेट ल्याएको छ । नगरपालिकाले आइतबार १३ औं नगरसभाबाट १ अर्व ८१ करोड ३५ लाख ८१ हजार बराबरको वजेट प्रस्तुत गरेको हो ।
सुदूरपश्चिम प्रदेशको पुरानो मध्येको भीमदत्तले कृषि, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएको छ । नगरपालिकाले ‘एक वडा एक उत्पादन’, ‘हाम्रो उपज, हाम्रै प्रयोग’ लगायतका नारासहित कृषिजन्य सामग्री भण्डारण संगै कोल्ड स्टोर निर्माण लगायतका योजना अघि सारेको छ ।
्‘सम्बृद्ध भीमदत्त सुखी नगरवासीको साझा सोच, वातावरणमैत्री आर्थिक सामाजिक पूर्वाधार विकास हाम्रो अठोट’ नारासहित शिक्षा र स्वास्थ्य लगायत विकास निर्माणका विभिन्न योजनाहरु अघि सारिएका छन् । एक वडा एक उत्पादन, छाडा चौपाया व्यवस्थापन लगायतका योजनाहरु अघि सारिएका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘हाम्रो विद्यालय उत्कृष्ट विद्यालय’ को नारा अघि सारिएको छ । सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम, योग शिक्षा तथा व्यवहारिक एवं व्यवासयिक शिक्षामा जोड दिइने निति तथा कार्यक्रममा उल्लेख छ ।