राष्ट्रिय

आदिकवि भानुभक्त आचार्य २१० औं जन्मजयन्ति मनाईयो

- केएफएम डेस्ककाठमाडौं

आदिकवि भानुभक्त आचार्यको २ सय १० औं जन्मजयन्ती विझिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ । वित्रम सम्वत् १८७१ असार २९ गते तनहुंको चुंदीरम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यले रामायणलाई नेपाली भाषामा भावानुवाद गरीे नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्‍याउनु भएको थियो ।

भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघसंस्थाले विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेका छन् । आचार्यका प्रश्नोत्तर, भक्तमाला रामगीता’ तथा दर्जनाौ फुटकर साहित्यिक कृति प्रकाशित छन् । नेपालमा मात्र नभई भारतको दाजिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रुपमा मनाउने गरिन्छ । आचार्यको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।