राष्ट्रिय

राप्ती नदीको सतह बढ्यो, शतकर्ता अपनाउ

- रुपा गहतराज नेपालगञ्ज

जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले एक सूचना जारी गर्दै राप्ती नदीको माथिल्लो तटीय क्षेत्रको सतह बढेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न आग्रह गर्नुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७ दशमलव ८ मिटर कायम गरेको छ । बाढीले बर्सेनि राप्ती सोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।