राष्ट्रिय

दोदाको बाढीबाट कञ्चनपुरका ३५ परिवार विस्थापित

- भवानी भट्ट कञ्चनपुर

अविरल वर्षापछि दोदा नदीमा आएको बाढी वस्तीमा पस्दा कञ्चनपुरका ३५ परिवार विस्थापित भएका छन् । पुनर्वास नगरपालिका–५ को सिमरीका ३० परिवार र रातोसाल भन्ने ठाउँका ५ परिवार विस्थापित भएका हुन् ।

नदीमा पानीको सतह घटेपनि वस्तीमा पसेको पानी निकास हुन सकेको छैन । सो क्षेत्रमा वस्ती भन्दा हुलाकी सडक अग्लो गरी निर्माण गरिएका कारण निकास नभएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम बहादुर रोकायाले बताउनुभयो । वस्तीमा पसेको पानीको निकाश नभएपछि स्थानीयले हुलाकी सडक भत्काउन थालेको अध्यक्ष रोकायाले बताउनुभयो ।