महाकालीमा पानीको वहाव बढेपछि चार पांग्रे सवारी साधन आवमगनमा रोक
-महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजको बनबासा पुलमा दुई दिनदेखि चार पांग्रे सवारी साधन आवागमन बन्द भएको छ ।
हिजो बेलुकादेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज महाकालीमा पानीको वहाव १ लाख १० हजार २९० क्युसेक पुगेको छ ।
प्रहरीका अनुसार बिहान १ लाख ५ हजार क्युसेक थियो । सयवर्ष पुरानो पुल जीर्ण भएका कारण जोखिम हुन सक्ने भन्दै नदीमा पानीको वहाव १ लाख क्युसेक नाघ्ने वितिक्कै ठुला सवारी साधन आवागमनमा रोक लगाइदैं आएको छ ।