राष्ट्रिय

सेना प्रमुखको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा नयाँदिल्लीमा

- केएफएम डेस्ककाठमाडौं

हिन्द प्रशान्त क्षेत्रका मुलुकका सेना प्रमुखको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आज नयाँदिल्ली जानुभएको छ । भारत र अमेरिकको संयुक्त आयोजनामा हुने सम्मेलन नयाँ दिल्लीमा भोली सुरु हुँदैछ ।

सम्मेलनमा सैन्य संगठनबीचको सम्बन्ध विस्तार, मानविय सुरक्षाका साझा चासोका विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ । सैन्य ज्ञान र अनुभवको आदान प्रदानका लागी सम्मेलन उपयुक्त हुने सेनाको भनाइ छ । सम्मेलनमा अमेरिका, फ्रान्स, बेलायत लगायतका देशका सेना प्रमुख सहभागी हुने भारतीय सेनाले जनाएको छ ।