नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने
- काठमाडौंनेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नेपालले चीनलाई उपहारका रुपमा २ वटा गैंडा दिने जनाएको हो ।
नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रुपमा नेपालले चीनलाई गैंडा उपहार दिन लागेको दुई देशद्वारा संयुक्त रुपमा जारी वक्तव्यमा उल्लेख छ । यसअघि पनि नेपालले चीनलाई ४ वटा गैंडा उपहारका रुपमा दिएको थियो ।
२०७३ सालमा केपी ओली नेतृत्वको तत्कालीनसरकारले चीनलाई गैंडा उपहार दिएको थियो । दुई चरणमा नेपालबाट भद्र, रुपसी, सोल्टी र मितिनी नाम गरेका गैंडा चीन पठाइएको थियो । नेपालले अमेरिका, जर्मनी, सिंगापुर बंगालदेश, जापान र अस्ट्रियालगायतका मुलुकलाई गैंडा उपहार दिँदै आएको छ ।