बैतडीमा दुई फरार प्रतिवादी ६ महिनापछि प्रकाउ
बैतडीबैतडीमा भ्रष्टाचार मुद्दामा कैद सजाय र जरिवाना सुनाइएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । ६ महिनाअघि सजाय सुनाइएका दुवै जना घरबाटै पक्राउ परेका हुन् । दोगडा केदार गाउँपालिका–३ श्रीकोटका देवराज कपाडी र रतनसिंह भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो । दुवै जनालाई २०७६ मा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विषेश अदालतले सजाय फैसला सुनाएको थियो ।
कपाडीलाई ३० हजार ९ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजाय थियो । यस्तै, भण्डारीलाई १६ हजार पाँच सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजायको फैसला सुनाएको प्रहरीले जनाएको छ ।